
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। यसको प्रभाव स्वरूप सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहँदा बाँकी स्थानमा आंशिक बदली देखिएको छ।

हाल बागमती प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको छ भने कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ।

आज राति पनि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





























