देवराज इन्द्रको आराधनासहित काठमाडौं उपत्यकामा भव्य इन्द्रजात्रा पर्व सुरु

Image
OG› hfqfsf] z'ef/De ug{ OG›Wjhf]Tyfg ul/Fb} sf7df8f}F, @ c;f]h M jiff{ / ;xsfnsf b]jtf OG›sf] gfddf dgfO{g] OG›hfqf kj{sf] z'ef/De ug{ zlgaf/ laxfg ^M%! ah]sf] z'e;fOtdf OG›Wjhf]Tyfg ub}{ dfgGw/ ;dfh u'lyof/ / g]kfn ;]gfsf hjfg . t:jL/ Mk|bLk/fh jGt÷/f;;
Nisarga Hospital

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज देशभर विशेषतः काठमाडौं उपत्यकामा परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।

CP Hospital Dhangadhi

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा धुमधामसहित मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि आठदिनसम्म नाचगान, रथयात्रा र देवी–देवताहरूको पूजा आराधना गरेर यो पर्व मनाउने परम्परा रहिआएको छ।

लिङ्गो ठड्याउने दिनलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। भैरवको पूजा गरी शक्ति प्राप्त गर्ने र विजयको प्रतीकका रूपमा यस पर्वलाई मनाइन्छ। जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाचसँगै पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ।

nawajiwan
Attariya Hospital

आजको दिन विशेषगरी राष्ट्रपति हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी कुमारीसहित श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ।

यस अवसरमा उपत्यकाको दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसेर भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गर्ने परम्परा पनि रहेको छ।

यस्तै, भाद्र शुक्ल चतुर्दशीका दिन भगवान् विष्णुको पूजा–आराधना गरी मनाइने अनन्त चतुर्दशी पर्वसमेत आजै परेको छ। यस दिन अनन्त धागो बाँध्दा वर्षभरि शुभ हुने विश्वास गरिन्छ।