सामाजिक सञ्जाल बन्द र नातावादविरुद्ध माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन ✊

Image
Nisarga Hospital

सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवाहरू, जसलाई जेनजी पुस्ता भनिन्छ,ले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागेका छन्। बिहान ९ बजेबाट सुरु हुने प्रदर्शन ११ बजे मार्चपाससहित नयाँ बानेश्वरसम्म पुग्ने कार्यक्रम रहेको छ।

CP Hospital Dhangadhi

युवाहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध आवाज उठाउने उद्देश्यले प्रदर्शन गर्न लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति प्राप्त भइसकेको र निषेधित क्षेत्रबाहेक शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जनाएका छन्।

Attariya Hospital

यस आन्दोलनलाई विभिन्न जनप्रतिनिधि र नेताले समर्थन गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताको आन्दोलनलाई समर्थन जनाएका छन् भने कांग्रेस नेता शेखर कोइरालाले समेत यो आन्दोलन जायज भएको टिप्पणी गरेका छन्। त्यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि आफू प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन्।

nawajiwan
Advertize US