Gen-Z संसद् प्रवेशपछि काठमाडौंमा कर्फ्यु, सुरक्षा बल तैनाथ

Image
Nisarga Hospital

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुग्दा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेको हो। प्रशासनका अनुसार, प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद भवनभित्र प्रवेश गरेका थिए।

CP Hospital Dhangadhi
Attariya Hospital

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताए अनुसार, युवाहरूको सडक प्रदर्शन असामाजिक र अव्यवस्थित नभए पनि संसद् भवनमा प्रवेशसँगै स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आवश्यक भएको हो। प्रशासनले कर्फ्यु आदेश लागू भएसँगै उक्त क्षेत्रमा निषेधित गतिविधि र भीड नियन्त्रण गर्न सुरक्षा बल तैनाथ गरिएको छ।

प्रदर्शनकारीहरू भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडकमा आएका थिए। प्रशासनले नागरिकलाई कर्फ्यु पालना गर्न आग्रह गर्दै, स्थिति सामान्य नहुँदासम्म अनावश्यक रुपमा बाहिर ननिस्कन चेतावनी दिएको छ। यस कदमले राजधानीमा सुरक्षा व्यवस्था कायम राख्न र थप असुविधा रोक्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।