
राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनरत युवाहरूलाई वार्तामा सहभागी भएर संवादमार्फत् समस्याको समाधान गर्न अपिल गरेका छन्।


राष्ट्रपतिले भनेका छन्, “लोकतन्त्रमा नागरिकले उठाएका माग जेन-जीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु।”
उनले वर्तमान परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकसँग सहयोग मागेका छन्। यस अपिलले आन्दोलनरत युवाहरूलाई शान्तिपूर्ण र संवादमूलक मार्ग अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।




















