रास्वपाको निर्णय : जेनजी सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयनमा समर्थन

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयन गर्नुपर्नेमा समर्थन जनाएको छ। बिहीबार बसेको भर्चुअल केन्द्रीय समिति बैठकपछि कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेका हुन्।

CP Hospital Dhangadhi

रास्वपाले सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेनजी पुस्तालाई राजनीतिक प्रक्रियामा औपचारिक रूपमा सहभागी गराउनुपर्ने धारणा राखेको छ। प्रस्तावमा भनिएको छ, “सर्वपक्षीय सहमतिबाट अघि सारिने उम्मेदवारप्रति रास्वपाको समर्थन रहनेछ, जसले बृहत् राजनीतिक अनुमोदन पाओस् भन्ने हाम्रो शुभेच्छा छ।”

पार्टीले संविधानको धारा ८३ अनुसार संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यलाई स्मरण गर्दै राष्ट्रिय सभाको स्थायित्व कायम राख्दै ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ।

nawajiwan
Attariya Hospital

त्यस्तै, आन्दोलनका क्रममा भएको दमन, मानवीय क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण र विगतका ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गर्दै रास्वपाले नयाँ सरकारले १५ दिनभित्र आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।

अर्यालले आसन्न संक्रमणकालीन चरणमा राष्ट्रपतिले प्रत्यक्ष पहल र संवादमार्फत राजनीतिक सहमति निर्माणमा भूमिका खेल्नुपर्ने अपेक्षा समेत व्यक्त गरेका छन्।

Advertize US