सुनसरी घटनामा रवि लामिछानेको अपिल: ‘हिंसा होइन, संवादबाट समाधान खोजौं’

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी तराईका जिल्लामा हालै भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हिंसा र मुठभेड कुनै पनि समस्याको समाधान हुन नसक्ने बताएका छन्।

CP Hospital Dhangadhi

मंगलबार जारी विज्ञप्तिमा उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

लामिछानेले नेपालको बहुलवादी संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकतालाई जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले अफवाह र उत्तेजनाको पछि नलागी सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न नागरिक, धार्मिक अगुवा, सामाजिक व्यक्तित्व तथा सरोकारवालालाई अपिल गरेका छन्।

nawajiwan
Attariya Hospital

उनले सरकार र स्थानीय प्रशासनसँग शान्ति सुरक्षा कायम गर्न, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई उचित राहत, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन्।

रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै लामिछानेले घटनालाई राजनीतिकरण नगर्न सबै दललाई आग्रह गरेका छन्। साथै, पार्टीका स्थानीय समितिलाई पनि शान्ति र सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।