
नेपाली कांग्रेसका कार्यकर्ताले सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान पार्टीको झण्डा र बीपी कोइरालाको तस्वीर अंकित ब्यानर राखेका छन्। यसअघि जेनजी युवाहरूको आन्दोलनको क्रममा आगजनी हुँदा कार्यालय क्षतिग्रस्त भएको थियो।

कार्यकर्ताहरूले ब्यानरमा ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउनेछौं, हामी उठ्नेछौं’ लेखेका छन्। यस कदमलाई पार्टीका कार्यकर्ताले राजनीतिक स्थायित्व र संगठन मजबुत बनाउन प्रेरक रूपमा लिएका छन्।

केन्द्रीय कार्यालयमा आगजनी गर्दा केही भाग पूर्णरुपमा नष्ट भए पनि कांग्रेस कार्यकर्ताले तत्कालै कार्यालयमा उपस्थित भई झण्डा र ब्यानर राखेर आफ्नो उपस्थिती र पार्टीको ऐतिहासिक पहिचान प्रकट गरेका हुन्। यसले पार्टीको एकता र नेतृत्वमा विश्वास कायम राख्ने प्रयासको संकेत दिएको छ।

यसरी कांग्रेसले आफ्नो कार्यालय पुनःस्थापना गर्ने र संगठनलाई सक्रिय राख्ने योजना अघि सारेको बताइएको छ।

















