डा. जनकराज पन्त अन्तरिम सरकारमा सञ्चार मन्त्री बन्ने सम्भावनाको सूचीमा

Image
Nisarga Hospital

मिडिया उद्योगमा तीन दशकभन्दा लामो अनुभव र सामाजिक सेवा क्षेत्रमा प्रतिष्ठा बनाएका डा. जनकराज पन्त सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चार मन्त्रालयको नेतृत्व गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

CP Hospital Dhangadhi

दार्चुलामा जन्मेका पन्तले दृष्य पत्रकारितामा विद्यावारिधि हासिल गरेका छन्। उनी काठमाडौँमा सञ्चालित टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष तथा मिडिया सोसाइटीका कोषाध्यक्ष समेत हुन्। व्यवसायिक र सामाजिक रूपमा विवादरहित र सफा छवि बनाएका उनलाई सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पहिलो सूचीमा राखिएको छ।

Attariya Hospital

जानकारहरूको अनुसार राष्ट्रिय स्तरमा राम्रो छवि बनाएका पन्त आफ्नो प्राज्ञिक र अनुभवजन्य क्षमता अनुसार सञ्चार मन्त्रालयको जिम्मेवारीका लागि उपयुक्त पात्र हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने क्रममा उनको सहभागी हुन सक्ने सम्भावना चर्चा भइरहेको छ।

nawajiwan
Advertize US