कविताः- संकटको छायाँमा नेपाल

Image
Nisarga Hospital

आकाशको निलोपन धमिलो बनेको छ,
जनताको मुखमा मौनता खसेको छ।
आशा झैँ देखिएको बिहान हरायो,
सपना झैँ उम्रिएको बगैँचा सुकेको छ।

CP Hospital Dhangadhi

नेताको भाषण मिठासै मिठो,
तर पेटभरि भोक, छातीभरि दुखाइ।
सत्यको आवाज धुलोमा गाडियो,
न्यायको बाटो दलदलमा थामियो।

परदेशतिर सपनाको किनमेल,
घरमा बुबाआमाको शून्य पसारिएको छ।
छोरा–छोरी टाढा, आँखाभरि आँसु,
धड्कनै बनेको छ विरक्तिको गान।

nawajiwan
Attariya Hospital

विद्यालय बन्द, अस्पताल सुनसान,
जनताको पीडा लेखिँदैन संविधान।
श्रम बेचिन्छ, इमान लुटिन्छ,
सपनीमाथि राजनीति खेलिन्छ।

यो अन्धकार सधैं रहँदैन,
न्यानो घामलाई कसैले छेकेर बस्दैन।
रगत र पसिनाले उम्रिने बीउ,
नेपाल फेरि पनि फक्रिने छ, नयाँ बिहानसहित।

लेखक : रोशन सिंह धामी
दार्चुला बहुमुखी क्याम्पस

# ट्रेण्डिङ