एसिया कप क्रिकेटः पाकिस्तानविरुद्ध भारतको सानदार जित, ७ विकेटले विजयी

Image
Nisarga Hospital

एसिया कप २०८२ अन्तर्गत दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानमाथि सात विकेटको शानदार जित निकालेको छ। टस हारेर ब्याटिङ सुरु गरेको पाकिस्तान २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रनमा समेटिएको थियो। भारतले १२८ रनको लक्ष्य मात्र १५.५ ओभरमा पूरा गर्दै तीन विकेट गुमाएको थियो।

CP Hospital Dhangadhi

पाकिस्तानको सुरुआत कमजोर रहँदा दुई ओभरमा ६ रनमा दुई विकेट गुमाएको थियो। शाहिबजादा फारहानले ४४ बलमा ४० रन बनाउँदा फखर जमनले १५ बलमा १७ रन योगदान दिए। भारतका लागि कुलदीप यादवले चार ओभरमा १८ रन खर्चि तीन विकेट लिँदा जसप्रित बुम्राह र अक्षर पट्टेलले दुई-दुई विकेट लिए।

Attariya Hospital

जवाफी ब्याटिङमा कप्तान सूर्यकुमार यादव नटआउट ३७ बलमा ४७ रन बनाए। अभिषेक शर्माले १३ बलमा ३१ रन जोड्दा तिलक बर्माले ३१ रनको योगदान दिए। पाकिस्तानका लागि साइम अयुबले तीन विकेट लिए, तर अन्य बलरले प्रभावकारी बलिङ गर्न सकेनन्।

nawajiwan

यस जितसँगै भारत समूह ‘ए’को शीर्ष स्थानमा चार अंकसहित रहेको छ। पहिलो खेलमा यूएईलाई हराएको भारतले विजयी क्रममा रहँदै समूह चरणमा बलियो सुरुआत गरेको छ। पाकिस्तान दुई अंकसहित दोस्रो स्थानमा छ। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान रहेका छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

Advertize US