दसैं नजिकिदै गर्दा नेपालमा फेरी मनसुन सक्रियः जोखिम मोलेर यात्रा नगर्न जल तथा मौसम विभागको चेतावनी

Image
Nisarga Hospital

औसत रूपमा अबको १५ दिनमा मनसुन बाहिरिनुपर्ने भए पनि अहिले सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण सक्रिय भएको छ।

CP Hospital Dhangadhi

मौसमविद् रोजन लामिछानेका अनुसार सामान्यतया मनसुन अक्टोबर २ मा बाहिरिन्छ, तर यस वर्ष १५ दिन बाँकी रहँदा कहिलेकाहीँ लम्बिन सक्छ। आज देशभर मौसम बदली रहनेछ। बागमती, लुम्बिनी र अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती, कर्णालीका पहाडी भूभाग र लुम्बिनी तराईमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।

Attariya Hospital

विभागका बाढीविद् विनोद पराजुलीले दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी, डोटी, कैलाली लगायतका जिल्लामा बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जानकारी दिए। उनी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक तयारी अपनाउन आग्रह गर्दैछन्।

nawajiwan

स–साना नदीहरूको बहाव र वर्षाका सम्भावनाले आगामी दिनमा बाढी र पहिरो जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीले सावधानी अपनाउनुपर्ने विभागले चेतावनी दिएको छ।