
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर र पूर्वतर्फ सरदर स्थान नजिकै रहेको जनाएको छ।


हाल कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली र तराईका क्षेत्रमा आंशिक बदली रहने छ। कोशी, बागमतीका केही, मधेस र गण्डकीका थोरै स्थान तथा अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।



















