ICC ले अमेरिका क्रिकेट बोर्डको सदस्यता निलम्बन गर्‍यो

Image
Nisarga Hospital

आन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले अमेरिका क्रिकेट बोर्डको सदस्यता तत्काल प्रभावबाट निलम्बन गरेको छ। आईसीसीका अनुसार, अमेरिका क्रिकेटले बारम्बार सदस्यता दायित्व पूरा नगरेको, शासन संरचना सुधार नगरेको र अमेरिकी क्रिकेटको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने कार्य गरेको कारण यो कदम उठाइएको हो।

CP Hospital Dhangadhi

तर, अमेरिकाका राष्ट्रिय टोलीहरू आईसीसीका प्रतियोगितामा सहभागी हुन पाउनेछन् र २०२८ मा लस एन्जलस ओलम्पिकका तयारीहरू निरन्तर जारी रहने छन्। यसैबीच, अमेरिका क्रिकेटको प्रशासन र सञ्चालनको निगरानी आईसीसी वा यसको नियुक्त कमिटीले गर्नेछ। आईसीसीले अमेरिका क्रिकेटमा सुधारका लागि Normalization Committee नियुक्त गरेको छ, जसले शासन, सञ्चालन र संरचनामा आवश्यक सुधार पूरा नभएसम्म सदस्यता अधिकार फिर्ता नहुने जनाएको छ।

यस निर्णयले अमेरिका क्रिकेटलाई आफ्नो प्रशासनिक कमजोरी सुधार्न बाध्य बनाउने अपेक्षा गरिएको छ। आईसीसीले सुधार र पारदर्शी व्यवस्थापन कार्यान्वयन भए मात्र सदस्यता पुनः सक्रिय गर्ने जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur