आजको मौसमः देशका पहाडी क्षेत्रमा वर्षा हुने मौसम पूर्वानुमान, सर्वसाधारणलाई सतर्क रहन आग्रह !

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा वर्षा हुने संभावना रहेको जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली छ भने बाँकी प्रदेशमा आंशिक बदली भएको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशको पहाडी भूभागमा सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै, कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

nawajiwan
Attariya Hospital

राति देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान छ। तर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसै क्रममा, भारी वर्षाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

# ट्रेण्डिङ