आश्विन शुक्ल पञ्चमीमा स्कन्दमाताको पूजा, भक्तजनलाई अलौकिक तेज प्राप्त हुने विश्वास

Image
Nisarga Hospital

आज आश्विन शुक्ल पञ्चमीका दिन देवी स्कन्दमाताको पूजा–आराधना देशभर भइरहेका छन्। कमलको आसनमा विराजमान, श्वेतवर्णी र कुमार कार्तिकेयकी आमा भएकाले उनी ‘स्कन्दमाता’ नामले परिचित छन्। पद्मासनमा बस्ने भएकाले उनलाई पद्मासना देवी पनि भनिन्छ। स्कन्दमाताको उपासना गर्दा स्वामी कार्तिकेयको पनि आराधना गरेको फल प्राप्त हुने विश्वास शास्त्रमा उल्लेख छ।

CP Hospital Dhangadhi

देवी भागवत पुराणअनुसार उनी सूर्यमण्डलकी अधिष्ठात्री भएकाले पूजाआजाले भक्तजन अलौकिक तेज र कान्तिले सम्पन्न हुने जनविश्वास छ। चार हात भएकी देवीले दाहिने हातमा सुपुत्र स्कन्दलाई सम्हालेकी छन् भने अन्य हातमा कमलपुष्प धारण गरेकी छन्। सिंह उनको वाहन हो।

Attariya Hospital

शास्त्रअनुसार महादेव र पार्वतीका पुत्र कार्तिकेयले तारकाशुरको बध गरी त्रिलोकलाई त्रासमुक्त बनाएका थिए। स्कन्दमाताको आराधनाले भक्तजनको इच्छा पूर्ण हुनुका साथै मोक्ष प्राप्त हुने विश्वास छ। ‘ॐ देवी स्कन्दमातायै नमः’ मन्त्र जप गरी आराधना गर्दा मानसिक शान्ति, पारिवारिक समृद्धि र आत्मबल प्राप्त हुने उल्लेख धार्मिक ग्रन्थमा गरिएको छ।

nawajiwan
Advertize US