
हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू–भागमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

आज राति पनि अधिकांश भू–भागमा सामान्यतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ।

जनतालाई सुरक्षित रहन, आवश्यक तयारी गर्न र जोखिमयुक्त भू–भागमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।































