अविरल वर्षाबाट देशभर ४३ जनाले ज्यान गुमाए , पाँच जना बेपत्ता

Image
Nisarga Hospital

असोज १७ गतेदेखि लगातार परेको अविरल वर्षाले देशभर ४३ जनाको ज्यान लिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै इलाममा ३७ जनाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

रौतहटमा ३ जना, पाँचथर, खोटाङ र उदयपुरमा जनही १ जना गरी अन्य जिल्लामा पनि जनहानि भएको छ। पाँच जना बेपत्ता छन्, जसमा स्याङ्जाका ४ जना खोलाले बगाएका र इलाममा १ जना पहिरोमा पुरिएका छन्।

Attariya Hospital

अहिलेसम्म १२ जना घाइते भएको विवरण प्राप्त भएको छ। घाइतेमध्ये इलामका ४ जना, भोजपुरका ३ जना, खोटाङका ३ जना, पाँचथर र मकवानपुरका जनही १ जना रहेका छन्।

nawajiwan

वर्षाले सडक अवरुद्ध र बस्ती डुबानमा परेपछि इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सरकारले असोज १८ देखि २० गतेसम्म लामो दूरीका सवारी सञ्चालन रोक्दै उच्च सतर्कता अपनाउने निर्देशन दिएको छ।