सुरेश कुमारका उत्कृष्ठ तीन गजलहरु

Image
Nisarga Hospital

खुब दमन भयो आफू मोटाउन लछार पछार,
अपराधी बाटो आफै समाउन लछार पछार।

CP Hospital Dhangadhi

मानिसको जात कत्ती लाग्दैन मानिस जस्तो,
आफुले क्षणभर सुख्ख पाउन लछार पछार।

दया छैन माया छैन मानवता बिहिन सरिरमा
मानव बेच टाँसी खान लगाउन लछार पछार।

nawajiwan

बाग र श्याल जस्ता छन् मानवकै आवरणमा,
कम्जोरलाई आफैले कजाउन लछार पछार।

बनका कण्ठमूल सुमुन्दरकै हिरा धर्ती चाट्यो,
सकेन कसैले पनि छ थकाउन लछार पछार।

कसैले मन पराव़स नपराव़स मत्रीबन्ने होडमा,
आफु बसन र अरूलाई हटाउन लछार पछार।

॥१॥

कहिले लिएर आउछ काल थाहा हुदैन,
समयले कुन्वेला गर्छ बबाल थाहा हुदैन।

रहिस धनको मातमा चुर साशकहरूमा,
रित्तो हुनसक्छ सुनको थाल थाहा हुदैन।

समयको झटारोमा को कोपर्छ खै कहिले,
केभनौँ हामीले कस्तो छ हाल थाह हुदैन।

जीवन चलेकै छ जसरितसरी दुःख काटी,
कहिले हुन्छ समयको कमाल थाहा हुदैन।

Attariya Hospital

लडाई चल्छ देशभित्र मर्छन् नागरिक हरू,
कसले पुरा गर्यो स्वार्थि सवाल थाहा हुदैन।

मौसम जस्तै बद्लिने हुन्छन खलपात्र केही,
कुन्वेला बदलिन्छ उन्को चाल थाहा हुदैन।

॥२॥

लाइने कुरा सुन्दासुन्दै ढल्छन् सरकार के गरौँ,
कसैको बनाउन घरबार भत्काए दरबार के गरौँ।

देवतालाई पनि बली दिनुपर्ने परमपरा छ कस्तो,
बदलिंदैन उस्तै छ सामाजको व्यवहार के गरौँ।

कोई कर्मचारी खराब भन्छन् कसैले नेता खराब,
यो व्यवस्थालाई कसैले गर्दैनन् खबरदार के गरौँ।

राणा राजा गए अब गणतन्त्रपनि अनिशचित छ,
उठाउँछन् एक अर्काको बिरूद्ध हतियार के गरौँ।

देश र जनताको लागि राजनीति गर्ने पाखा लागे,
राजनीतिलाई पेसा बनाए गर्दैछन् व्यापार के गरौँ।

सबैले समानअन्तर सरकार चलाएका छन् देशमा,
उनैका खास प्रसंसामा आउछन् समाचार के गरौँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८