नेपालको विजयी सुरुआत: कुवेत ५८ रनले पराजित

Image
Nisarga Hospital

आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। ओमनमा भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको हो। नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै कुवेत १८.१ ओभरमा ८३ रनमै समेटियो। कुवेतका क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए।

CP Hospital Dhangadhi

नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट लिए भने नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट जोडे।

Attariya Hospital

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो। ओपनर कुशल भुर्तेलले उत्कृष्ट ५६ बलमा ६६ रनको योगदान दिए। गुल्सन झाले ६ बलमा २० रनको आक्रमक खेल प्रस्तुत गरे। अन्य ब्याट्सम्यानहरूमा रोहित पौडेलले १६, दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए।

nawajiwan

नेपालले अब समूह चरणको अन्तिम खेल जापानसँग शुक्रबार खेल्नेछ।

Advertize US