‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नारासहित आज विश्व हुलाक दिवस मनाइदै

Image
Nisarga Hospital

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ।

CP Hospital Dhangadhi

सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घ (UPU) स्थापना भएको दिवसको वार्षिकोत्सवका रूपमा हरेक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ। सन् १९६९ मा जापानको टोकियोमा सम्पन्न महासभाले औपचारिक रूपमा विश्व हुलाक दिवस घोषणा गरेको थियो।

Attariya Hospital

त्यसयता विभिन्न देशले नयाँ हुलाक सेवा र प्रविधि प्रवर्द्धनका कार्यक्रमसहित दिवस मनाउने परम्परा बनाएका छन्। यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले हुलाक सेवाले सहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क सञ्जाल बलियो बनाएको उल्लेख गर्दै हुलाक कर्मचारीहरूले दुर्गम गाउँदेखि सहरसम्म विश्वलाई जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

nawajiwan