नेपालभर मनसुन समाप्त, देशभर मौसम सफा ☀️

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन औपचारिक रूपमा नेपालको सम्पूर्ण भूभागबाट समाप्त भएको छ। हाल देशका अधिकांश स्थानमा मौसम सफा रहँदा पहाडी भूभागमा भने आंशिक बदलीको अवस्था देखिएको छ।

CP Hospital Dhangadhi

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही उच्च पहाडी क्षेत्रहरूमा हल्का बादल लागे पनि अन्य भूभागहरूमा खुलेको मौसमले जनजीवन सहज बनाएको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

आज राति पनि कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने, तर बाँकी भूभागमा मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ।

मनसुनको अन्त्यसँगै देशभर हावापानी स्थिर हुँदै गएको र अब चिसो मौसम सुरु हुने तयारीमा रहेको महाशाखाले जनाएको छ।