टी-२० विश्वकप छनोट: सुपर सिक्समा नेपाल–कतार भिडन्त

Image

ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपाल सुपर सिक्सको दोस्रो खेलमा कतारसँग भिड्दै छ। खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजे सुरु हुनेछ।

Attariya Hospital

नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले हराउँदै अपराजित यात्रा सुरु गरेको थियो। जितका लागि उत्साहित नेपाल आजको खेलमा पनि अपराजित रहने सोचमा छ। यता कतार पहिलो खेलमा ओमानसँग पराजित भइसकेको छ र अंकविहीन अवस्थामा जितको खोजीमा हुनेछ।

nawajiwan

छनोटअघि वार्म अप खेलमा नेपालले कतारलाई १६ रनले हराएको थियो। यी दुई टोली टी-२०आई क्रिकेटमा अहिलेसम्म ३ पटक भिडेका छन्, जहाँ नेपालले २ खेल जितेको छ भने कतारले १ खेल जितेको छ। नेपालले सुपर सिक्स अन्तर्गत आगामी बुधबार सामोआ र शुक्रबार ओमानसँग पनि खेल्ने तालिका रहेको छ।