ऐतिहासिक दिन! सन्दीपको ५ विकेट र रोहितको १००औं खेलसँगै नेपालको रोमाञ्चक जित 🇳🇵🔥

Image
Nisarga Hospital

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले कतारमाथि रोमाञ्चक पाँच रनको जित दर्ता गरेको छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर पाँच बलमै १४२ रनमा समेटिँदा नेपालको जित सुनिश्चित भयो।

CP Hospital Dhangadhi
Attariya Hospital

नेपालका बलरहरू विशेष रूपमा चम्किए। स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर पाँच विकेट लिँदै खेलमा निर्णायक भूमिका खेले। यो जितसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरे।

त्यस्तै सोमबार नेपाली क्रिकेटका लागि अर्को महत्वपूर्ण क्षण पनि रह्यो। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपालले १००औं अन्तर्राष्ट्रिय खेल खेलेको छ। सन् २०७९ कात्तिक २५ मा पहिलोपटक कप्तान बनेका पौडेलको कप्तानीमा नेपालले टी–२० आईमा ३० र एकदिवसीयमा २५ जित हासिल गरेको छ।

सन्दीपको बलिङ र रोहितको स्थिर नेतृत्वमा नेपाल विश्वकप नजिक पुगेको विश्वास गरिएको छ।

#NepalCricket #SandeepLamichhane #RohitPaudel #T20WorldCup #CricketNepal #HistoricWin #NepalPride