हमा’सद्वारा विपिन जोशीसहित चार ब’न्धकको शव इसराइललाई हस्तान्तरण

Image
Nisarga Hospital

प्यालेस्टिनी समूह हमासले सोमबार विपिन जोशीसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको छ। रेड क्रसमार्फत गरिएको हस्तान्तरणमा विपिन जोशी, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव समावेश थियो। इसराइली सेना (आइडिएफ)ले चारवटा बाकस प्राप्त भएको पुष्टि गर्दै शवको फरेन्सिक परीक्षण सुरु हुने बताएको छ।

CP Hospital Dhangadhi

नेपालका लागि इसराइली राजदूत धनप्रसाद पण्डितले भने, भिडिओ संवादबाट आइडिएफले विपिन जोशी जीवित नभएको जानकारी गराएको थियो। फरेन्सिक परीक्षण तेल अविभस्थित अबु काबिर इन्स्टिच्युटमा हुने र प्रक्रिया दुई दिनसम्म लाग्न सक्ने अधिकारीहरूले जानकारी दिएका छन्।

Attariya Hospital

चार शव हस्तान्तरण भए पनि अझै २४ मृतक बन्धकको शव फिर्ता भइसकेको छैन। समझौताअनुसार हमासले ७२ घन्टाभित्र जीवित र मृतक बन्धकको शव इसराइललाई फिर्ता गर्ने छ। इसराइली रक्षामन्त्री कात्जले समयमै शव हस्तान्तरण नभए कठोर कदम चालिने चेतावनी दिएका छन्।

nawajiwan

हमासले सीमित स्रोतका कारण सबै शव फिर्ता गर्न नसकेको दाबी गरेको छ र कतिपय शव इसराइली सेनाको उपस्थिती भएको क्षेत्रमा रहेको जानकारी दिएको छ।