
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसोमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र अन्य ठाउँमा सफा मौसम रहने विश्वास गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा दिउँसो हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

सोही दिन राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा फेरी आंशिक बदली हुने र देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। यसरी, आगामी २४ घण्टामा देशभरि मौसम सामान्य रहने देखिन्छ।































