अन्तरिम सरकारमा थपिए दुई मन्त्री ! सुनार र श्रेष्ठ सिफारिस पछि हटाईयो !

Image
Nisarga Hospital

राष्ट्रपति कार्यालय शिलतनिवासमा विशेष समारोह आयोजना गर्दै नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन्।

CP Hospital Dhangadhi

डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने भएका छन्। उनीहरूसँगै अन्य दुई जना मन्त्रीको सिफारिस भए पनि अन्तिम समयमा रोकिएको थियो।

Attariya Hospital

प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनारलाई श्रम तथा रोजगार र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रूपमा सिफारिस गरेकी थिइन्। तर, चौतर्फी आलोचना र अन्य कारणले गर्दा उनीहरूको नाम अन्तिम सूचीबाट हटाइएको थियो। यसले नयाँ सरकारमा सन्तुलन र विवाद कम गर्न खोजिएको संकेत गरेको देखिन्छ।

nawajiwan

नवनियुक्त मन्त्रीहरूको शपथसँगै सरकारको कामकाज अगाडि बढाउने प्रयासलाई नयाँ गति मिल्ने अपेक्षा गरिएको छ।