बिहीबारदेखि पुनः चक्रवात ‘मोन्था’को असर – पूर्वी नेपाल उच्च जोखिममा

Image
Nisarga Hospital

अरबसागरबाट विकसित मौसमी प्रणालीको कारण हालसम्म देशका विभिन्न उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ। मौसमविद् उज्जवल उपाध्यायका अनुसार आज रातिसम्म यसको प्रभाव घट्दै बुधबारदेखि मौसममा सुधार आउनेछ। बुधबार काठमाडौंसहित धेरै क्षेत्रमा घाम लाग्ने र न्यानो मौसम अनुभव हुने उनले जनाएका छन्।

CP Hospital Dhangadhi

तर, बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावले बिहीबार साँझदेखि पुनः मौसम बिग्रिने चेतावनी दिइएको छ। यसले विशेषगरी बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा ठूलो वर्षा र हिमपात गराउने पूर्वानुमान गरिएको छ।

Attariya Hospital

मौसमविद् उपाध्यायका अनुसार उक्त चक्रवात पर्सा, बारा, रौतहट र सर्लाही हुँदै नेपाल प्रवेश गर्नेछ, जसको केन्द्र त्रिशूली र नारायणी नदीको बीच क्षेत्र हुनेछ। यसको असर इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, पाँचथर र खोटाङमा विशेष रूपले पर्ने देखिन्छ।

nawajiwan

गत असोजमा बाढीपहिरोले बढी क्षति पु¥याएका यी क्षेत्र फेरि उच्च जोखिममा छन्। बीपी, पृथ्वी र काठमाडौं–हेटौंडा सडकमा पनि पहिरोको सम्भावना रहेकाले अनावश्यक यात्रा नगर्न मौसमविद्ले सुझाव दिएका छन्। उनले भने, “कात्तिकको यो प्रणालीले उपत्यकामा हिउँ पार्दैन, तर ७०–८० मिलिमिटर वर्षाले सडक क्षेत्रमा समस्या ल्याउन सक्छ।”