काठमाडौंबाट धनगढीतर्फ जादै गरेको बस कपिलवस्तुमा पल्टिँदा १ को ज्या’न गयो, ५ घा!इते

Image
Nisarga Hospital

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रहरीका अनुसार राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं.को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरू पनि घाइते भएका छन्।

दुर्घटनामा परेका अन्दाजी ५०–५५ वर्षका पैदल यात्रीलाई घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम र ठेगाना खुल्न बाँकी रहेको छ।

बसमा सवार घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक विवरण संकलन भईरहेको बताए। प्रहरीले अनियन्त्रित बस र सडक सुरक्षा मापदण्डको उल्लङ्घनबारे पनि छानबिन गरिरहेको छ।