हङकङ सिक्सेसमा यूएईसँग नेपाल ४३ रनले पराजित

Image
Nisarga Hospital

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ। यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ६ ओभरमा चार विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। नेपालका लागि आदिल आलामले ३२ रन र सन्दीप जोराले नटआउट ३१ रन जोडे।

CP Hospital Dhangadhi

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले चार विकेट गुमाउँदै १२९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। यूएईका निलांश केसवानीले १५ बलमा ७३ रन प्रहार गर्दै १० छक्का र तीन चौकाको मद्दतमा विस्फोटक अर्धशतक हिर्काए। नेपालका राशिद खानले दुई विकेट लिँदा लोकेश बम र रुपेश सिंहले एक–एक विकेट लिए।

Attariya Hospital

नेपालले हङकङ सिक्सेसमा पाँच खेलमध्ये केवल भारतविरुद्ध जित निकालेको छ भने अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको छ।

nawajiwan