एनपिएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक, २३ खेल फ्लडलाइटमा हुने

Image
Nisarga Hospital

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता मंसिर १ देखि सुरू हुनेछ।

CP Hospital Dhangadhi

उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुनेछ। यो खेल दिउँसो ४ बजे सुरु भएर दोस्रो इनिङ्स फ्लडलाइटमा हुनेछ।

आठ टोलीबीच हुने समूह चरणमा २८ खेल हुनेछ। दिनमा दुई खेल आयोजना हुने भएकाले पहिलो खेल पौने १२ बजे, दोस्रो खेल ३:३०–४ बजे सुरु हुनेछ। त्यसैले अधिकांश दोस्रो खेल फ्लडलाइटमा हुनेछ।

nawajiwan

प्लेअफका ३ खेल पनि दिउँसो ४ बजे सुरु हुनेछन्। फाइनल खेल मंसिर २७ गते फ्लडलाइटमै खेलाइने तयारी छ।

Attariya Hospital

कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा आयोजना हुने गरी तालिका तयार भएको छ।

खेल तालिका हेर्नुहोस्: