
नेपाल प्रिमियर लिगको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ४६ रनको फराकिलो जित हात पारेको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनायो। कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए भने आरिफ शेख २७, हर्मित सिंह १९, क्रिश ली १८ रनमा आउट भए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा सीमित भयो। पवन सर्राफ २७, मार्क वाट १७, कप्तान सोमपाल कामी १४ रन बनाए। गुलशन झा र अर्जुन घर्तीले समान १३/१३ रनको योगदान दिए। प्रियन्क पान्चल र युवराज खत्री शून्यमा पेभेलियन फर्किए।

सुदूरपश्चिमका लागि कप्तान ऐरीले चार विकेट लिए। हर्मित सिंह र अविनाश बोहराले दुई/दुई विकेट लिए भने हेमन्त धामी र स्कट कुग्गेलेइजनले समान एक विकेट लिए। कर्णालीका लागि सोमपाल कामी तीन, नन्दन यादव दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान एक/एक विकेट लिए।

































