शनिबार शनिदेवको विशेष पूजा: व्रत, दान र साधनाले जीवनमा सकारात्मक ऊर्जा

Image
Nisarga Hospital

आज २०८२ साल पुस १२ गते शनिबार, तदनुसार सन् २०२५ डिसेम्बर २७ तारिख, पौष शुक्ल पक्षको सप्तमी तिथि परेको छ। हिन्दू धर्ममा शनिबारलाई शनिदेवको विशेष दिनका रूपमा मानिन्छ। धार्मिक विश्वासअनुसार शनिदेवलाई प्रसन्न पार्न सके जीवनमा सकारात्मक ऊर्जा, अनुशासन र कर्मको उचित फल प्राप्त हुने जनविश्वास छ।

CP Hospital Dhangadhi

शनि देव सूर्यका पुत्र हुन् भने उनकी आमा छायादेवी हुन्। यमराज उनका भाइ र यमुना उनकी बहिनी मानिन्छन्। कर्मअनुसार फल दिने देवताका रूपमा चिनिने शनिदेव कडा परिश्रम, अनुशासन र धर्मको मार्गमा हिँड्ने व्यक्तिलाई संरक्षण गर्ने विश्वास छ।

Attariya Hospital

शनिबार व्रत बस्नुका साथै शनिदेवलाई तेल अर्पण गर्नु, कालो तिल दान गर्नु तथा पिपलको पूजा गर्नु शुभ मानिन्छ। पिपलको रूखमा पानी चढाउँदा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।

nawajiwan

यसैगरी, शनिबार शमीको रूखको पूजा गर्नु, हनुमानको प्रतिमाअगाडि सर्सुको तेलको दीप प्रज्वलन गरी हनुमान चालीसाको पाठ गर्नाले शनि दोष शान्त भई जीवनमा सुख–शान्ति प्राप्त हुने धर्मशास्त्रमा उल्लेख छ।