गोरखा–१ बाट जेनजी अगुवा सुदन गुरुङको प्रतिनिधिसभा उम्मेदवारी घोषणा

Image
Nisarga Hospital

जेनजी अगुवा सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने जानकारी सार्वजनिक गरेका हुन्।

CP Hospital Dhangadhi

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ गुरुङले उल्लेख गरेका छन्। गोरखा आफ्नो गृह जिल्ला भएको उल्लेख गर्दै उनले ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात’ गर्ने प्रतिबद्धता जनाएका छन्। साथै उनले ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल’ को नारासहित राजनीतिमा सक्रिय भूमिका खेल्ने संकेत दिएका छन्।

Attariya Hospital

पछिल्लो समय गुरुङको झुकाव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ देखिए पनि उनले हालसम्म पार्टी भने खुलाएका छैनन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनको घोषणाले गोरखा–१ को राजनीतिक समीकरणमा चासो बढाएको छ।

nawajiwan