
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी चुनावी अभियानलाई मजबुत बनाउने उद्देश्यसहित ३२१ कर्मचारीको माग गरेको छ। शुक्रबार पार्टीले विभिन्न पदका लागि आवेदन खुलाएको हो।

आवेदन ‘आरएसपी डिजिटल क्याम्पेन रूम – मिसन इलेक्सन’ अन्तर्गत खुलाइएको छ। कर्मचारीहरू ३० देखि ६० दिनका लागि नियुक्त गरिने जानकारी छ, तर तलब खुलाइएको छैन।
पार्टीले रणनीतिक विश्लेषक, अनुसन्धानकर्ता, प्रचारप्रसारका कन्टेन्ट क्रिएटर लगायतका पदमा आवेदन मागेको छ। पार्टीका अनुसार, डिजिटल प्रचार र चुनावी रणनीति सफल बनाउन यी कर्मचारी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।


रास्वपाले कर्मचारी छनोट प्रक्रियामा दक्ष र अनुभवी उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ। आगामी चुनावमा पार्टीको अभियानलाई डिजिटल प्रविधि र सशक्त रणनीतिका साथ अघि बढाउने तयारी भइरहेको छ।
































