४० माइक्रोनभन्दा कम प्लास्टिक झोला बिक्रीमा क’डाइ, उद्योग–फर्मलाई जरि’वाना

Image
Nisarga Hospital

प्लास्टिकको अत्यधिक उत्पादन र अव्यवस्थित बिक्री वितरणले वातावरण संरक्षणमा गम्भीर चुनौती देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाइका साथ अनुगमन थालेको छ। विभागले पछिल्ला दिनहरूमा प्लास्टिक उत्पादन गर्ने उद्योग तथा बिक्री वितरण गर्ने फर्महरूमा स्थलगत अनुगमन गर्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्री नगर्न सचेत गराउँदै आएको छ।

CP Hospital Dhangadhi

अनुगमनकै क्रममा शुक्रबार ललितपुरस्थित बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। उद्योगले उत्पादन वस्तुको कारखाना मूल्य उल्लेख नगरेको र उद्योग दर्ताको प्रमाणपत्र सर्वसाधारणले देख्ने गरी नराखेको पाइएकाले जरिवाना गरिएको विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार निरीक्षण अधिकृतले ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

Attariya Hospital

यस्तै, एटिएल प्रोडक्सन हाउसलाई पनि उद्योग दर्ताको प्रमाणपत्र सार्वजनिक रूपमा नराखेकै कारण ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ। विभागले वातावरण संरक्षणको लक्ष्यसहित प्लास्टिक उत्पादन तथा बिक्रीमा देखिएको बेथिति नियन्त्रण गर्न अनुगमनलाई थप तीव्र बनाएको जनाएको छ। पछिल्ला दिनमा दर्जनौं उद्योग तथा फर्ममा निरीक्षण गर्दै कारबाही जारी राखिएको छ।

nawajiwan