मेयरको राजीनामापछि काठमाडौं महानगरको बागडोर सुनिता डंगोललाई

Image
Nisarga Hospital

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उनी स्वतः कार्यवाहक मेयर बनेकी हुन्। ऐनमा मेयरको पद रिक्त भएमा उपमेयरले कार्यवाहकको जिम्मेवारी पाउने स्पष्ट व्यवस्था छ।

CP Hospital Dhangadhi

मेयर शाहले रास्वपा केन्द्रीय कार्यालय पुग्नुअघि औपचारिक रूपमा राजीनामा दिएका थिए। राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय जाने कार्यक्रम रहेको छ, जहाँ कार्यकर्ता र शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। दिउँसो १ बजे कार्यालय पुग्ने भनिए पनि राजीनामा र भावी राजनीतिक निर्णयबारे अन्तिम छलफलका कारण केही ढिलाइ भएको जनाइएको छ।

Attariya Hospital

रास्वपा प्रवेशसँगै बालेन शाहले आगामी निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। हाल उनी रास्वपाका वरिष्ठ नेताका रूपमा सक्रिय छन्। बालेनको राजीनामापछि महानगरको नेतृत्व जिम्मेवारी सुनिता डंगोलको काँधमा आएको छ, जसलाई चासोका साथ हेरिएको छ।

nawajiwan