
रामेछापमा निर्वाचनमा खटिएका कर्मचारीसहितको गाडी भीरबाट खसेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार, रामेछाप नगरपालिका–२ सिरुबारीबाट करिब १०० मिटर तल ना ७ ख ६७६८ नम्बरको गाडी खसेको हो।

उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी रहेका थिए। अहिले उद्दार कार्य जारी छ, तर गाडीमा कति जना थिए भन्ने यकिन भइसकेको छैन। स्थानीय प्रहरीले घटनास्थलमा पुगेर उद्धार प्रयास थालेको र थप विवरण आउन बाँकी रहेको जनाएका छन्।

घटनाले निर्वाचन प्रक्रियामा खटिएका सुरक्षाकर्मी र कर्मचारीको सुरक्षा चिन्तामा पार्ने भएको छ।






























