रामेछापमा निर्वाचन कर्मचारीसहितको गाडी भीरबाट खस्यो

Image
Nisarga Hospital

रामेछापमा निर्वाचनमा खटिएका कर्मचारीसहितको गाडी भीरबाट खसेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार, रामेछाप नगरपालिका–२ सिरुबारीबाट करिब १०० मिटर तल ना ७ ख ६७६८ नम्बरको गाडी खसेको हो।

CP Hospital Dhangadhi

उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी रहेका थिए। अहिले उद्दार कार्य जारी छ, तर गाडीमा कति जना थिए भन्ने यकिन भइसकेको छैन। स्थानीय प्रहरीले घटनास्थलमा पुगेर उद्धार प्रयास थालेको र थप विवरण आउन बाँकी रहेको जनाएका छन्।

घटनाले निर्वाचन प्रक्रियामा खटिएका सुरक्षाकर्मी र कर्मचारीको सुरक्षा चिन्तामा पार्ने भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
Dhnagadhi & Krishanapur