समानुपातिकतर्फ रास्वपाको फराकिलो अग्रता, मतगणना अन्तिम चरणमा

Image
Nisarga Hospital

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय अग्रता कायम गरेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

गणनाको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख २९ हजार ६१९ मत प्राप्त गर्दै पहिलो स्थानमा छ। नेपाली कांग्रेस १७ लाख ४५ हजार ९५४ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४ मत पाएको छ।

Attariya Hospital

यस्तै, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७४३ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत पाएका छन्।

nawajiwan

अन्य दलमध्ये जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४ तथा जनमत पार्टीले ७८ हजार ९२७ मत प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना अझै जारी रहेको छ।