
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी आज विदाई हुने भएका छन्। उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र प्रदान गरिनेछ र देशलाई आवश्यक परेको बेला सहयोग गर्ने वाचा गराइ सम्मान गरिनेछ।

निर्वाचनका लागि ४० कार्यदिनका लागि भर्ना गरिएको प्रहरीमध्ये १ लाख ३३ हजार ९८० जना नेपाल प्रहरी मातहत र १५ हजार ११० जना सशस्त्र प्रहरी मातहत खटिएका थिए। यसै क्रममा सशस्त्र प्रहरीका खटिएका सदस्यहरूको पनि आजै विदाई कार्यक्रम आयोजना गरिएको छ। निर्वाचन व्यवस्थापनमा उनीहरुको योगदानको कदर गर्दै सम्मानपूर्वक विदाई गरिने जानकारी प्रहरी विभागले दिएको छ।

यी प्रहरीहरूले निर्वाचनको शान्तिपूर्ण र प्रभावकारी सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

































