आजको मौसमः देशका धेरै भू–भागमा आंशिक बादल, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशीका पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भाग, लुम्बिनी र गण्डकीका केही स्थान तथा बागमती र कोशीका एक–दुई हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

Attariya Hospital

आज राति पनि ती भू–भागमा साधारणतया बादल रहनेछ भने तराई क्षेत्रमा आंशिक बादल रहने पूर्वानुमान छ। मौसममा यी उतार–चढावले किसान, यात्री र जनजीवनमा सतर्कता आवश्यक रहेको छ।

nawajiwan