नेपालमा केही दिनमा पश्चिमी वायु सक्रिय हुँदै: वर्षा, हावाहुरी र हिमपातको सम्भावना

Image
Nisarga Hospital

नेपालमा यो साताको अन्त्यतिर पश्चिमी वायु पुन: सक्रिय हुने अनुमान छ। यसले देशभर हल्का देखि मध्यम वर्षा, हावाहुरी, चट्याङ्ग र हिमपातको सम्भावना बढाएको छ। मौसम पूर्वानुमानका विभिन्न मोडेलले आगामी शुक्रबार र शनिबार पूर्वी नेपालमा बढी र पश्चिमी नेपालमा कम प्रभाव पर्ने देखाएका छन्।

CP Hospital Dhangadhi

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा पनि शुक्रबार र शनिबार हल्का वर्षा र हावाहुरीको सम्भावना रहेको छ। विगत चैत ६–७ गते हावाहुरी र असिनासहित पानी परेको थियो, जसले किसानहरूलाई राहत भने दियो, तर हुरीले घर–धनमालमा क्षति पुऱ्याएको थियो।

Attariya Hospital

उपत्यका बाहिरका हिमाली क्षेत्रहरूमा हिमपात र पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ। मौसमविद् डा. विनोद पोखरेलले भने, “सिस्टम पश्चिम तराईमा कम प्रभाव पार्ने देखिन्छ, तर बाँकी भूभागमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।” जलवायु अध्येता डा. धर्मराज उप्रेतीका अनुसार भारतको बिहार, उत्तर प्रदेश र आसपासको प्रभावले लुम्बिनी–चितवन क्षेत्रमा पनि वर्षा हुने अनुमान छ।

nawajiwan

सिस्टमको शक्ति चैत ६–७ गतेको भन्दा कम हुने देखिन्छ। यद्यपि प्रिमनसुनको समय भएकाले हावाहुरी, असिना र चट्याङ्गको जोखिम अझै कायम रहनेछ। स्याटेलाइट तस्वीर अनुसार भारतका हिमाली र उत्तर–पूर्वी राज्यमा सक्रिय मौसमले तापक्रम घटाउने सम्भावना छ। त्यसैले उपत्यका र देशभर सतर्कता अपनाउन आवश्यक रहेको मौसमविदहरूले चेतावनी दिएका छन्।