
एमाले कार्यकर्ताबाट जेष्ठ नागरिकमाथि भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री सुधन गुरुङ सक्रिय बनेका छन्। उनको निर्देशनमा ललितपुर प्रहरीले आरोपी राम शरण शर्मा बजगाईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी थप अनुसन्धान गरिरहेको छ।

यसैबीच गृहमन्त्री गुरुङ पीडित जेष्ठ नागरिकलाई भेट्न ललितपुरस्थित उहाँकै निवास पुगेका छन्। भेटमा पीडितले तत्काल गरिएको कारबाहीप्रति धन्यवाद दिएका छन् भने गृहमन्त्रीले घटनाले आफूलाई समेत बेचैन बनाएको बताएका छन्। घटनापछि स्थानीय स्तरमा सुरक्षा निकायप्रति निगरानी र जवाफदेहिताको माग पनि उठिरहेको छ।

प्रहरीले घटनासम्बन्धी सबै प्रमाण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ। सरकारले जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहारलाई गम्भीर अपराधका रूपमा लिँदै यस्ता घटनामा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएको छ।

सामाजिक सञ्जालमा नागरिकले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाही र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्। सरकारसँग माग पनि गरेका छन् तत्काल सुधार आवश्यक छ बताएका छन ।
































