प्रदेश सरकार र स्थानियतहलाई दरबन्दी विवरण बुझाउन संघीय सरकारको निर्देशन

Image
Nisarga Hospital

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात वटै प्रदेश सरकारलाई आफ्ना मातहतका निकायहरूको स्वीकृत दरबन्दी विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सबै प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूको स्टाफ संरचनासम्बन्धी एकीकृत विवरण संकलन गरी तीन दिनभित्र पठाउन आग्रह गरेको हो।

CP Hospital Dhangadhi

मन्त्रालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेशभित्रका सबै निकायहरूको स्वीकृत दरबन्दी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। यसले प्रशासनिक व्यवस्थापन, जनशक्ति योजना र संगठन संरचनालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

मन्त्रालयले तोकिएको समयसीमाभित्र विवरण उपलब्ध नगराए प्रशासनिक कामकाजमा ढिलाइ हुन सक्ने चेतावनीसमेत दिएको छ। संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन यो प्रक्रिया महत्वपूर्ण रहेको बताइएको छ।

nawajiwan