काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु, सुरक्षित यात्रा सुविधा विस्तार

Image
Nisarga Hospital

साझा यातायातले काठमाडौं उपत्यकामा आज (१ वैशाख)देखि रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौं, ललितपुर, बुढानिलकण्ठ र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा यो सेवा बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

CP Hospital Dhangadhi

सेवा दुई मुख्य रुटमार्फत सञ्चालन हुनेछन्—लगनखेल–बुढानिलकण्ठ र थानकोट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। यी रुटमा नयाँ सडकलाई प्रमुख ट्रान्जिट बिन्दुका रूपमा तोकिएको छ, जसले यात्रु आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

Attariya Hospital

यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै प्रत्येक बसमा सीसीटिभी क्यामेरा जडान गरिएको छ। साथै, नगर प्रहरीको निगरानीमा सेवा सञ्चालन गरिने व्यवस्था मिलाइएको छ।

nawajiwan

रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा राति काम गर्ने यात्रुहरूलाई सुरक्षित र सहज आवागमनको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ। यस सेवाले उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।