सुदूरपश्चिममा बजेट खर्च कमजोर, नौ महिनामा २३ प्रतिशत मात्र कार्यान्वयन

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा कुल बजेटको मात्र २३ प्रतिशत खर्च गरेको छ। कुल ३३ अर्ब ४३ करोड २१ लाख ९८ हजार रुपैयाँ बजेटमध्ये हालसम्म ७ अर्ब ७६ करोड ५३ लाख ८ हजार रुपैयाँ मात्र खर्च भएको छ भने बाँकी ७७ प्रतिशत रकम अझै खर्च हुन बाँकी छ।

CP Hospital Dhangadhi

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगत बजेट १६.४२ प्रतिशत र चालु बजेट ३३.१८ प्रतिशत मात्र कार्यान्वयन भएको छ। विकास निर्माणमा प्रयोग हुने पुँजीगत खर्च ३ अर्ब २५ करोड ८३ लाख ६९ हजार रुपैयाँमा सीमित रहेको छ।

Attariya Hospital

सबैभन्दा ठूलो बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि १८ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। सामाजिक विकास मन्त्रालयले ४२.७९ प्रतिशत चालु खर्च गरे पनि अन्य मन्त्रालयहरूको खर्च न्यून देखिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १५ प्रतिशत मात्र खर्च गरेको छ।

nawajiwan

समयमै ठेक्का नलाग्नु, योजनाको ढिलाइ र प्रशासनिक कमजोरीका कारण विकास खर्च प्रभावित भएको देखिन्छ। गत वर्षको तुलनामा समेत यस वर्ष बजेट खर्च झनै कमजोर बनेको छ। सुदूरपश्चिमको बजेट कार्यान्वयन अवस्था निराशाजनक देखिएको छ।

Advertize US