कोशीमा बर्डफ्लु प्रकोपले पोल्ट्री उद्योग संकटमा, २ लाखभन्दा बढी कुखुरा नष्ट

Image
Nisarga Hospital

कोशी प्रदेशमा बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलिँदा पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको छ। नियन्त्रणका लागि आइतबारदेखि दुई ठूला पोल्ट्री फार्मका २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरिएको हो, जुन प्रदेशकै सबैभन्दा ठूलो प्रकोप मानिएको छ।

CP Hospital Dhangadhi

सुनसरीको रामधुनीस्थित सुनसरी पोल्ट्री फार्ममा १ लाख ५५ हजार कुखुरा नष्ट गरिँदैछ, जहाँ करिब ७ हजार कुखुरा पहिले नै मरेका थिए। मोरङको बूढीगंगास्थित पूर्वाञ्चल ग्रुप फार्ममा पनि संक्रमण पुष्टि भई ७२ हजारमध्ये करिब ४५ हजार कुखुरा नष्ट गर्ने काम भइरहेको छ।

भेटेरिनरी विशेषज्ञका अनुसार संक्रमित कुखुरालाई औषधिले उपचार गर्न नमिल्ने भएकाले मानवीय विधिबाट नष्ट गरी गहिरो खाल्डोमा चुन र ब्लिचिङ पाउडरसहित पुर्ने गरिएको छ।

nawajiwan
Attariya Hospital

यसअघि नै डेढ लाखभन्दा बढी कुखुरा नष्ट भइसकेका छन्। संक्रमणले अर्बौंको लगानी जोखिममा परेको छ भने किसानहरू ठूलो आर्थिक संकटमा परेका छन्। सरकारले राहतको व्यवस्था गरे पनि ढिलाइका कारण चिन्ता बढेको छ।

प्रशासनले प्रभावित क्षेत्र सिल गर्दै मासु, अण्डा र दाना ओसारपसारमा कडा प्रतिबन्ध लगाएको छ। विज्ञहरूले सुरक्षित पकाएर मात्र उपभोग गर्न आग्रह गरेका छन्।