
बाबु,
मात्री तीर्थ औंशीको दिन ,
सुन्दर शब्द र फोटोले सजाउँछौँ ;
अगाडि र पछाडिका ३६४ दिन ,
खै कता कता बिरानो भई हराउँछौं।

बाबु,
म त सधैं अडिक छु ,अचल हिमाल झैँ,
तर तिमी मौसमी हिमपात झैँ ,
आकाश भएर म माथि सेताम्य हुन्छौ ,
अनि केही दिनमै पग्लिएर
नदी हुँदै मबाट बिस्तारै बिलाउँछौं।
बाबु,
म त सधैं अडिक छु , विशाल सागर झैँ,
तर तिमी त भेटिन्छौ, अवसरवादी यात्री झैँ;
वर्षको एकपल्ट पानीजहाज झैँ,
म माथि टपक्क टप्किन्छौ,
फेरि कता कता ३६४ दिन,
म बाट टाढा टाढा भौतारिन्छौं।


बाबु,
म त सधैं अटल छु,
त्यो अ चल हिमाल झैँ;
मेरो बच्क्षा स्थल विराट छ,
त्यो विशाल र पवित्र सागर झैँ।
बाबु,
म तिम्री” आमा “हुँ। खेलौना नसम्झ है।।।
✍️ कम्मान सिंह साउद
सह- प्राध्यापक




























