थापाथली सुकुम्बासी बस्ती खाली गर्न थालियो, सरकारी निर्देशनपछि तीव्र प्रक्रिया सुरु

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्न कडा निर्देशन दिएपछि थापाथलीस्थित बस्ती खाली गर्ने प्रक्रिया सुरु भएको छ। प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित क्षेत्र खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकाय प्रमुखहरूसँगको भेटमा तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए।

CP Hospital Dhangadhi

यसपछि बिहीबार साँझदेखि नै थापाथलीका सुकुम्बासीहरूले आफ्ना घरायसी सामान सार्न सुरु गरेका छन्। शुक्रबार बिहान पनि बस्ती खाली गर्ने क्रम निरन्तर जारी रहेको देखिएको छ। सरकारी तयारी तीव्र बनेसँगै प्रभावित बस्तीहरूमा सरसफाइ र स्थानान्तरणको गतिविधि बढेको छ।

Attariya Hospital

यसअघि काठमाडौं महानगरपालिकाले शुक्रबार नै बस्ती खाली गर्न अल्टिमेटमसहित माइकिङ गरेको थियो। महानगर प्रहरीका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङमार्फत सूचना दिइएको छ। बस्ती आफैं खाली नगरे शनिबार बलपूर्वक हटाइने र हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने चेतावनीसमेत दिइएको छ।

nawajiwan