सुदूरपश्चिममा नेकपाको जिम्मेवारी हेरफेर, भानुभक्त जोशी बने इञ्चार्ज

Image
Nisarga Hospital

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज तथा सहइञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। इञ्चार्जको जिम्मेवारी पाएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त पदमा भानुभक्त जोशीलाई नियुक्त गरिएको हो। यसअघि जोशी सहइञ्चार्जको भूमिकामा थिए।

CP Hospital Dhangadhi

त्यसैगरी, सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। अब सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी भने खगराज भट्टले मात्रै सम्हाल्ने भएका छन्।

Attariya Hospital

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत नयाँ जिम्मेवारी हेरफेर सार्वजनिक गरिएको हो।

nawajiwan